लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप सैह्य हुँदैन : प्रचण्ड

दाङ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताए ।
दाङ्को घोराहीमा अध्यक्ष प्रचण्डले यो समस्या समाधान गर्न सरकारले पहल थालिसकेको बताए ।
आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उनले चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए ।

प्रचण्डले प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने कुरामा आफूहरु सकारात्मक रहेको पनि बताए ।
प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराले केही त्रुटि गरेको औल्याउँदै त्यो अपराधिक नभै नैतिक त्रुटि भएको बताए । अब महरा नयाँ शीराबाट जनताको सेवा गर्ने गरि आउनुपर्ने उनले बताए ।