साहित्य

मेरो देश नै नरहेपछि….

[mashshare]

मेरो देश नै नरहेपछि
वीरहरुले इतिहासमा खुकुरी चम्काएको रगतले
खै कुन सिमारेखा शुरक्षित गर्ला र ?

ति बिर थिए
जसले यो देशको सिमारेखा जोगाए राखेका थिए
नेपालीको स्वभिमान बचाएर राखेका थिए
बनाएका थिए एउटा सुन्दर माला
जहां सुगन्ध थियो आफ्नै स्वाधिनताको

तर आज
नेपालको अस्तित्व बिर्सनेहरु
ओठ चम्काउँदै वीरहरुका कथा सुनाउदैछन्
नेताहरु त्यही कथा सुन्दासुन्दै
मेरो देशको नक्साबाट एकाएक आफ्नै माटो
अर्कैले हडपेछ मैंले पत्तै पाईन ।

अब म चुप लागें भने
हिड्दै गरेको बाटो हराउँछ
म यो देशको नागरिक अनागरिक हुन वाध्य हुनेछु ।
अनागरिक हुनुको पिडाहरुसंगै
मुटुका घाउहरुका व्यथाहरुसंगै
म ज्युंदो लास हुनेछ ।


तिमी जे सुकै भन अब म
देशको सिमा रेखामा जंगेखम्बा भएर उभिनुछ
गोली खाएर भए पनि देशको भूगोल जोगाउनु छ ।
चन्द्र सुर्य रहेसम्म जोगाउनु छ मेरो पुर्खाको अस्थित्व
आउ एक पल्ट छातिमा हात राखेर अघि बढौं
मेरो देश नै नरहेपछि म हुन वा नहुनको के अर्थ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker