राजनीति
भारतीय नक्सामा नेपालको सिमा मिचिएको विरोधमा नेविसंघको प्रदर्शन,

काठमाडौं ।
हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखे पछि देशव्यापी प्रदर्शन भइरहेको छ | त्यही बिरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ ।
पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।
भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र राखेको छ । यसको नेपालमा देशव्यापी बिरोध भइरहेको छ ।