अन्तर्राष्ट्रिय

नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा

एजेन्सि।
एक महिला सांसदले नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन् । क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आबद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध स्थापित गरेको आरोप छ ।

केटी हाउस एथिक्स कमेटीको पनि अनुुसन्धानमा पनि परेकी छिन् । नग्न तस्बिर सार्वजनिक भएपछि आफूलाई पदमा रहँदा अझै के के कुरा सार्वजनिक हुने हुन् भन्ने डर लागेको बताएकी छिन् ।

केटीले आइतबार संसदबाट राजीनामा दिएको घोषणा गरिन् । नोभेम्बर सन् २०१८ मा उनी छानिएकी थिइन् । केटीले ट्वीटरमा पनि आफ्नो राजीनामा पत्र सेयर गरेकी छिन् ।

रिपोर्टका अनुसार केटीले क्याम्पेन स्टाफरसँग ‘अनुचित’ सम्बन्ध स्विकार गरेकी छिन् । तर उनले आफ्नो अफिसमा कर्मचारीसँग सम्बन्ध स्थापित गरेको अस्विकार गरेकी छिन् ।

यस्तै, केटी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ । केटीले राजीनामा दिँदै आफूले गल्ती गरेको स्विकार गरेकी छिन् । तर उनले बदनामीका लागि अभियान चलाएको पनि आरोप लगाइन् ।

केटीले भनिन्, ‘मेरो गोपनियतामा दखल दिएर नीजि पलको तस्बिरलाई मविरुद्ध प्रयोग गरियो । यो गैरकानूनी हो ।

यस्तै, एउटा ठूलो मिडिया कम्पनीको वेबसाइटमा इन्टिमेट फोटो प्रकाशित हुँदा पनि उनीहरुले कानूनी कारवाहीको धम्की दिएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker