अन्तर्राष्ट्रियसमाचार

ट्रम्पलाई ह्वाइटहाउस छिर्न नदिन ब्लुमबर्गले तयार पारे ५० करोड डलर

[mashshare]

एजेन्सि ।
अमेरिकी अर्बपति एवं न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्ग आगामी राष्ट्रपति पदको उम्मेदवार बन्ने दौडमा निस्किएका छन् । अब ब्लुमबर्ग, एलिजेथ वारेन र वर्नी स्यान्डर्ससँगै डेमोक्र्याटिक पार्टीको प्रत्याशीत उम्मेदवारको दौडमा हुनेछन् । उनले अलाबामा राज्यबाट पहिलो चरणको प्राथमिक मतदानमा प्रतिस्पर्धा गर्ने सम्भावना देखिएको बताइएको छ ।

मध्यधारका ब्लुमबर्ग डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार छानिए भने अमेरिकी चुनाव ऐतिहासिक बन्नेछ । ट्रम्पलाई दोस्रो पटक ह्वाइटहाउस छिर्न नदिन ब्लुमबर्गले ५० करोड अमेरिकी डलर तयार राखेको समाचार सार्वजनिक भइरहेका छन् ।

प्रसिद्ध सञ्चार कम्पनी ब्लुमबर्गका मालिक ब्लुमबर्ग ५२ अर्ब डलरको सम्पत्तिसहित विश्वका नवाैँ घनाढ्य हुन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी घनाढ्यको सूचीक्रममा ७ सय १५ औँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker