आइडिया

डा. योगी विकाशानन्दका जीवनउपयोगी ९ भनाई

डा. योगी विकाशानन्दका भनाई तपाईंलाई पनि जीवनउपयोगी हुन सक्छन् :

– दुःखको भरपुर सदुपयोग गर्नुस् सुख खोज्नै पर्दैन ।

– हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छिपनाले टोक्छ ।

– सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महानता हो ।

– तपाईं असफलतामा झेल्न चाहानुहुन्न भने सफलताको हकदार पनि हुनुहुन्न

– आमा बाबुलाई प्रेम दर्शाउन नसक्नेले छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।

– जो डरका बाबजुद अघि बढ्छ त्यो नै बहादुर हो ।

– यदि भिन्नैखाले राजनीतिको अपेक्षा गर्नुहुन्छ भने भिन्नैखाले राजनेता खोज्नुस्

– मान्छे सम्पत्ति नभएर गरीब कहिल्यै हुँदैन, सम्पत्ति नचिनेपछि बल्ल गरीब हुन्छ ।

– अविवाहितहहरु प्रेमको प्रभावले बर्बाद हुन्छन् भने विवाहितहहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker