मुख्य समाचारशिक्षा
डा. गोविन्द केसीले तोडे आफ्नो १७ औं अनसन

काठमाडौँ |
चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं अनसन तोडेका छन् | आज मंगलबार ९ दिन पछि उनले आफ्नो अनसन तोडेको घोषणा गरेका हुन् |
राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाए। चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए।
केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन्। सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन्।