
पुराण हरु मा धर्म र भगवान हरु का बारेमा धेरै नै रोचक कथा हरु उल्लेख भएको पाईन्छ। यस कथा मा भनिएकोछ की कसरी भगवान बिष्णु यानी श्रीहरि लाई अश्व (घोडा) र माता लक्ष्मी लाई अश्वी (घोडी) बन्नु पर्यो। पौराणीक कथा अनुशार एक चोटी श्रीहरि वैकुण्ठधाम मा माता लक्ष्मी सङ बसेका थिए। त्येहि बेला त्याहा उच्चैश्रवा नामको घोडा आयो जो भगवान इन्द्र को घोडा थियो जसलाई समुद्र मंथन को बेला प्राप्त भएको थियो र उक्त घोडा लाई देवराज इन्द्र लाई दियिएको थियो।
घोडा यती सुंदर थियो कि माता लक्ष्मी त्यस लाई एकटक हेरी राखिन। श्रीहरि ले जब उक्त दृश्य देखे वाहा लाई यस मा केही चित्त बुझेन र उनले उक्त घोडा बाट माता लक्ष्मी को ध्यान हटाउन खोजे तर माता लक्ष्मी को ध्यान घोडा बाट हटन सकेन।
श्रीहरि लाई उक्त कुरा ले वाहा को अवहेलना भएको जस्तो लाग्यो र वाहा क्रोधित हुनुभयो र शाप दिनुभयो र भन्नु भयो, ‘हे लक्ष्मी तिमी एसै समय घोडी मा परिबर्तन भयीहाल’ अनि जब माता लक्ष्मी को ध्यान उक्त घोडा बाट हट्यो, उनले क्षमा मांगीन। उनी बिलाप गर्न थालिन की म हजुरको वियोग मा कसरी बाचौला। अनी विष्णु भगवान ले भन्नु भयो, यदि तिमि ले यही रूप मा संतान जनमाउन सक्यौ भने तिम्रो मुक्ति हुने संभव छ र तिमि लाई यस शाप बाट मुक्ती पनी मिल्नेछ।
यस प्रकार लक्ष्मी माता ले घोडी को रुप धारण गर्नु पर्यो र यमुना नदी को संगम मा बसन थालिन। उनी सधै भगवान शिव को आराधना गर्न थालिन। केही दिन पछी भगवान शिव प्रसन्न भएर माता पार्वती का साथ प्रकट भए। त्यस पछी माता लक्ष्मी ले भगवान लाई सबै कुरा वृतांत मा सुनाईन। अनी भगवान शिव ले भने, म यस बारेमा भगवान बिष्णु सङ कुरा गर्नेछु र वाहा लाई पनी घोडा को रुप धारण गरेर संतान को उत्पत्ती गर्न भन्नेछु।
भगवान शिव को अघाढी समस्या यो थियो कि बिष्णु लाई कसरी घोडा को रूप धारण गराउने। त्यस पछी भगवान शिव ले आफ्नो एउटा सुरक्षा कर्मी चित्ररूप लाई दूत बनाएर बिष्णु भगवान काहा पठाए र चित्ररूप सबै कुरा बिष्णु भगवान लाई भने। विष्णु भगवान ले शिव जी को कुरा मान्नु भयो र वाहा घोडा बनेर लक्ष्मी माता का साथ बस्न थालनु भयो।
केही समय पछी दुबै घोडा र घोडी को एेउटा सन्तान भयो तर लक्ष्मी माता र विष्णु भगवान वैकुण्ठ धाम फर्किए पछी उक्त बालक को पालन-पोषण को सम्पुर्ण जिम्मेवारी राजा ययाति का छोरा तुर्वसु लाई दीईयो जो आफै पनी संतान हीन थिए र वाहा ले पनी संतान प्राप्ति का लागी यज्ञ गरेका थिए। वाहा ले उक्त बालक को नाम हैहय राखे र पछी गएर हैहयवंशी हैहय का नै सन्तान हरु हुन।