राजनीति

बामदेवलाई चिठ्ठा, संसद बन्ने पक्का !

नेकपा सचिवालय सदस्य तथा प्रस्तावित पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई फेरी सांसदको प्रस्ताव आएको छ । गत निर्वाचनमा बर्दियाबाट पराजित भएपछि गौतमलाई काठमाडौंबाट निर्वाचन लडाउने चर्चा चल्यो । तर पार्टी अध्यक्ष ओलीले मानेनन् ।त्यसपछि रविन्द्र अधिकारीको ठाउँमा कास्कीबाट निर्वाचन लड्न प्रस्ताव गरियो । गौतम आफैले पराजित हुने भन्दै अस्वीकार गरे ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको सांसद बन्न फेरी प्रस्ताव गरेका छन् । ओलीको प्रस्तावमा गौतमले पनि सहमति जनाईसकेको स्रोतले बताएको छ । गौतमलाई राष्ट्रियसभाको सांसद बनाएर मन्त्री बनाउने पक्षमा ओली छन् ।

गौतमलाई राष्ट्रियसभामा लिन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह पनि गरिसकेका छन् । प्रचण्ड पनि गौतमलाई राष्ट्रियसभामा ल्याउन तयार भएका छन् । राष्ट्रियसभामा ल्याएपछि गौतम उपप्रधानमन्त्रीसहित सरकारमा प्रवेश गर्ने बाटो खुल्नेछ ।

तर गौतम राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्ने बाटो खोल्ने गरी संविधान संशोधन गरेर आफुलाई सांसद बनाउन प्रस्ताव गरेका छन् । बारम्वार उपप्रधानमन्त्री भइसकेकोले एक पटक प्रधानमन्त्री बन्ने धोको पुरा गरिदिन दुवै अध्यक्षलाई गौतमले आग्रह गरेका छन् ।

२०७६ साल माघमा एकतिहाई राष्ट्रियसभाका सांसदहरुको समय सकिदैछ । एक तिहाई फेरी राष्ट्रियसभाका सदस्य बन्नेछन् । त्यही बेला गौतमलाई राष्ट्रियसभामा लिने तयारी गरिएको छ ।कान्तिपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker