रोचकविशेष

ध्वनिको गति भन्दा ५ गुणा छिटो दौडिने तारा भेटियो, वैज्ञानिक आश्चर्यचकित

विश्वभरका वैज्ञानिकहरू छक्कपरेका छन् । किनकि तिनीहरूले अन्तरिक्षमा आश्चर्यजनक तारा देखेका छन्। एक तारा जसको गति प्रति घण्टा ५४.५ लाख किलोमिटर रहेको छ। त्यो तारा प्रति सेकेन्ड १६५४ किलोमिटरको स्पिडमा दौडिरहेकोछ। अहिले सम्म कुनैले पनि अन्तरिक्षमा यती छिटो चल्ने चीज देखिएको छैन। सबै देशका वैज्ञानिकहरू यसको गतिबाट आश्चर्यमा परेका छन्।

तश्विर: नासा

यो तारा पृथ्वीबाट २९ हजार प्रकाश वर्ष टाढा छ । यो तारा हाम्रो आकाशगंगाको बिचमा रहेको ठूलो ब्ल्याक होलबाट निष्किएर बाहिर द्रुत गतिमा दौडिरहेको छ। यसको गति सामान्यतया अन्तरिक्षमा उड्ने चीजहरूको भन्दा दश गुणा बढी हुन्छ।

तश्विर : कार्नेगी अब्जरभेटरी

यो पिण्ड कार्नेगी विश्वविद्यालयको सेर्गेई कोपोसोभले खोजेका हुन् । यो पिण्ड ग्रस नक्षत्रमा पत्ता लगाइएको छ। ग्रस नक्षत्रलाई क्रेन नक्षत्र पनि भनिन्छ। सेर्गेले भने कि प्रायः पिण्ड हरू द्रुत गतिमा चल्दछन् तर यसको गति आश्चर्यजनक छ।

तश्विर : कार्नेगी अब्जरभेटरी

विश्वका वैज्ञानिकहरु यसकारण पनि धेरै आश्चर्यचकित छन् कि यो पिण्डको उत्पत्ति पृथ्वीको नजिकबाट भएको हो। यो पृथ्वीबाट करीव २९ हजार प्रकाश वर्ष टाढा छ। तर यसको गति हेर्ने हो भने यो पृथ्वि सम्म आईपुग्न धेरै समय लाग्दैन । यदि यो पिण्ड पृथ्वि तर्फ आयो र ठोकियो बने पुरा पृृथ्वि हजारौं टुक्रा बन्न सक्ने खतरा रहेको वैज्ञानिकको दावि रहेको छ ।

तश्विर: नासा


वैज्ञानिकहरुले यो ताराको नाम S5-HVS1 राखेका छन् । यो एक प्रकारको तारा हो। यसको उमेर धेरै छैन। यसको तापक्रम ७२०४ डिग्री सेल्सियसदेखि९९८२ डिग्री सेल्सियस बीच छ। जबकि सूर्य को तापक्रम ५५०४ डिग्री सेल्सियस रहेको छ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker