समाचार

अघोरी बाबाकी श्रीमतीको काठमाडौंमा १७ करोडको घर !

‘अघोरी बाबा’ का रूपमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन् । अघोरी बाबाकी श्रीमती पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरीरहेकाे छ । 

आफूसँग अमेरिकाको ग्रिनकार्डसमेत रहेको बताउने पाण्डेले अमेरिकामा मासिक १० लाख रूपैयाँभन्दा बढी कमाउने जागिर छोडेर बाबासँग बिहे गर्न नेपाल आएको मात्र हाेइन काठमाडौंमा आफ्नो १७ करोडको घर सम्पत्ति रहेको र आफूलाई सम्पत्तिको लोभ नभएको समेत बताएकी छिन्।विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा प्रहरीले पाण्डेलाई सोमबार पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाइ, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने उल्लेख छ ।कान्तिपथ

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker