रोचकसमाचार

७ वा सो भन्दा धेरै वच्चा जन्माउने महिलालाई स्वर्ण पदक

एजेन्सी ।
हाम्रो समाजमा धेरै सन्तान जन्माउने सस्कार घट्दै गएको छ । सानो र सुखी परिवारको अवधारणा अगाढी बढे संगै मानिसहरुले कम सन्तान जन्माइरहेका छन् । सरकारले नै हाम्रो जस्तो देशमा परिवार नियोजनका साधनहरु उपलब्ध गराउने गरिराखेको छ ।

कजाखस्तानमा भने जति धेरै बच्चा जन्मायो उति नै धेरै सरकारी सुविधा र पुरस्कारसमेत दिइने व्यवस्था रहेको छ । कजाखस्तान सरकारले ७ वा त्योभन्दा धेरै बच्चा जन्माउने महिलालाई ‘हिरो मदर्स’ नामक स्वर्णपदक दिने गर्दछ ।

६ वटा बच्चा जन्माउँने आमालाई रजत पदक र सातौं बच्चा जन्माउनेबित्तिकै स्वर्ण पदक पाउछन | सातभन्दा बढी बच्चा जन्माउनेले रजत र स्वर्ण दुवै पदक पाएका हुन्छन् । देशमा जन्मदर बढाउन योगदान गर्ने महिला तथा दम्पत्तीलाई विशेष सुविधा र प्रोत्साहन दिने सरकारको नीति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker