मुख्य समाचारराजनीति

आलमलाई नक्खु कारागारमा स्थानान्तरण

काठमाडौ
रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोहम्मद आफ्ताब आलमलाई नख्खु कारागार ल्याइएको छ ।

जिल्ला अदालत रौतहटले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि केही घण्टा जिल्ला कारागार रौतहटमा राखे पनि सुरक्षाका कारण आलमलाई शनिबार बिहान ४ बजे ललितपुरको नख्खु कारागार ल्याइपुर्‍याइएको नेपाल प्रहरीले जनाएको छ ।

अदालतको आदेशमा सुरक्षाका हिसावले आलमलाई रौतहटमा राख्न उपयुक्त नहुने भन्दै अरु कारागारमा स्थानान्तरण गर्न सक्ने आदेश पनि दिएको थियो । फैसलापछि रौतहटमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker