समाचारसमाज

साढे ७ लाख नेपाली रुपैयाँसहित दुइ भारतिय पक्राउ

[mashshare]

वीरगंज
 पर्सा प्रहरीले आज दुई जना भारतीय नागरिकलाई साढे ७ लाख नेपाली रुपैयाँसहित सीमा क्षेत्रबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पुर्वी चम्पारण मोतीहारी जिल्ला मौजे टोल बस्ने २० वर्षीय सोनु कुमार र अंकित कुमार रहेका छन्। बिआर ०५ एबी ६३०२ नम्बरको भारतीय मोटरसाइकल लिएर रक्सौलबाट वीरगंज प्रवेश गर्ने क्रममा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट ७ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उनीहरुलाई पर्सा जिल्ला अदालतमा पेश गरी हुन्डी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker