suncistसनकिष्ट गतिबिधीसमाचार

ह्याकुल्लो मिट प्रोडक्सन एण्ड सप्लायर्सको शाखा विस्तार

काठमाडौं
सनकिष्ट एग्रीकल्चर ग्रुप द्वारा प्रबर्धित ह्याकुल्लो मिट प्रोडक्सन एण्ड सप्लायर्सको दोस्रो शाखा टोखा नगरपालीका -३ को भुतखेलचौर अगाडि विस्तार भएको छ ।

“स्वच्छ खाउँ स्वस्थ बनौँ” भन्ने नाराका साथ शुरु भएको  यस कम्पनिले आफ्ना  ग्राहको स्वाथ्यलाई ध्यानमा राख्दै स्वच्छ तथा स्वाथ्यवर्धक माछा मासु तथा ,खाध्यान्न उत्पादन तथा बिक्रि बितरण गर्दै  आइरहेको छ ।

नेपाली उत्पादनलाई प्रबर्धन गर्दै बजारिकरण गरिरहेको यस कम्पनीले देशभरि आफ्नो सेवा बिस्तार गर्ने लक्ष्य लिएको कम्पनिका प्रमुख कार्यकारि अधिकृत प्रदिप कुमार गिरीले बताएका छन् ।

 रोजगारी लागी  लाखौँ युवा विदेशी भुमिमा पसिना बगाइरहेको वर्तमान परिप्रेक्षमा नेपालमा उत्पादन गर्ने हो भने बजारको कमी नभएको गिरी बताउँछन् ।

अष्ट्रेलियामा Woolworth departmental store मा मिट एण्ड ससेज प्रोडक्ट सुपरभाईजर  र कतारको राष्ट्रिय ध्वजा वाहक Qatar Airways  मा अपरेसन सुपरभाईजरको काम गरेर नेपाल फर्केका गिरी  बिदेशको जति मिहेनत नेपालमा गर्ने हो भने नेपली उत्पादनलाई बिश्व बजारमा पुर्याउन सकिने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker