राजनीतिविशेष

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए

[mashshare]

काठमाडौं
नेपाल सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ आज लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गर्हुन गराएकि हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार उनले त्यसको भोलिपल्ट शपथ गराएकी हुन् । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको कार्यभार सम्हालेर काम गर्न बाटो खुलेको छ ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker