मुख्य समाचार

सिंहदरबारबाट ट्याक्सि चढेर बाहिरिए गोकर्ण विष्ट

काठमाडौं
निवर्तमान श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट श्रम मन्त्रालयबाट ट्याक्सी चढेर सिंहदरवारबाट बाहिरिएका छन् । श्रम मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्वोधन गरेर उनि श्रम मन्त्रालयबाट घर गएका हुन् ।

बुधवार मन्त्रीबाट हटेका गोकर्ण विष्ट विहीवार(आज) दिउँसो मन्त्रालय पुगेका थिए ।

आफ्नो कार्यकालमा भएका उपलव्धिहरु बारे चर्चा गर्न र धन्यवाद ज्ञापन गर्न विष्ट मन्त्रालय पुगेका थिए । त्यहाँ उनले आफूले मन्त्रालय सम्हालेपछि गरेका कामको चर्चा गरे र आफूलाई मन्त्रीको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए ।

कार्यक्रम सहिएपछि उनी सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएका थिए । बिदाइ कार्यक्रमलाई सम्बोधन सकेर ऊनी श्रम मन्त्रालयबाट घर गएका छन् । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री नभए पनि श्रमिक कामदारको पक्षमा काम गरिरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker