पत्रपत्रिकाराजनीति

संविधान संशोधनको माग नै संशोधनको तयारी

[mashshare]

काठमाडौं ।
संविधान जारी भएलगत्तै असन्तुष्टि व्यक्त गरी संविधान संशोधको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन् । डेढ वर्षअघि स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा गएका उनले बिहीबारदेखि कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश रहेको प्रतिक्रिया दिए ।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा हो । तर, सत्ता साझेदार दलसँग छलफल नै नगरी मन्त्री हटाउनु र मन्त्रालय फेर्नु अलोकतान्त्रिक शैली हो,’ उनले भने, ‘मैले पनि सरकारको पुनर्गठनबारे मिडियाबाटै जानकारी पाएको हो । उपप्रधानमन्त्री सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा हुनुहुन्छ । यस्तो अवस्थामा छापामार शैलीमा जुन काम भएको छ, हाम्रो पार्टीले यसको गम्भीर समीक्षा गर्छ ।’ यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker