अर्थ खबरपत्रपत्रिका

४.९ प्रतिशतले घट्यो रेमिट्यान्स

[mashshare]

काठमाडौं।
चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन–असोज) मा रेमिट्यान्स घटेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ। गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो।

मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब बढ्ने सम्भावना कम भएको व्यवसायी बताउँछन्। ‘यसअघि दसैंमा २५–३० प्रतिशत बढ्ने गरेको थियो’, नेपाल विप्रेषक संघका अध्यक्ष एवम् आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भन्छन्, ‘यो वर्ष त दसैं आएको र गएको नै थाहा भएन। ’ उनले यसरी चार्डपर्वको मौसममा पनि रेमिट्यान्स घट्नुको कारण खोजिरहेको बताए। ‘सबै वातावरण सकारात्मक हुँदासमेत रेमिट्यान्स घटेको छ। यसले अब रेमिट्यान्स उत्कर्षमा पुगेर घट्न थालेको संकेत गरेको छ’, उनी भन्छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker