साहित्य

धेरै पीडा छ हजुर कोठा बस्नुको

कविता

[mashshare]

मसान्तको भोलि पल्ट, घरबेटी कराउँछ ।
भाई महिना पूरा भयो त ?
बिहान पकाएको दाल, बेलुकी खान खोज्दा गन्हाउँछ ।

उफ यो कोठाको जिन्दगी 
हरेक क्षण यहाँ घरबेटी चिच्याउँछ ।
भाई धारा ठूलो नखोल ,भाई ट्वाईलेट गनायो,

भाई के को हल्ला हो ? भाइ ९ बजे गेट बन्द हुन्छ ।
अति धेरै पीडा छ हजुर कोठा बस्नुको ।
प्रत्येक पाईलामा होस पुर्याउनु छ,
किनकी सानो गल्ती भेटे 
घरबेटीले भोलि पल्ट कोठा खाली गराउँछ ।

जसोतसो पढेर, 
अनलाइन तिर जागिर खाएको छ
दिनभर समाचार लेख्दै बस्दा 
बेलुकी ट्याम्पु भाडा नहुँदा 
अढाई किलोमीटर हिडेकै छु !

के कुरा गर्नु, यो कोठाको 
रित्तो चामलको टिन देख्दा, मुटु भक्कानिन्छ,
सब्जिमा तेलको दाउन नभइ, 
आँसुको भुटुनले सब्जी पाक्दो हो त 

सायद ,दिनहु मेरो चुल्होमा सब्जी पाक्दो हो ।
तर, 
अफसोस तेलको अभावमा 
कहिले आलु उसिनिन्छ त 
कहिले साग तातो पानीमा तताईन्छ,
वाक्क लाग्छ, यो कोठे जिन्दगी देखेर 

तलब थापेको दिन, म भन्दा धेरै घरबेटी रमाउँछ 
किनकी तलबको आधा हिस्सा नै उसले लान्छ 
अलकती पैसा ग्यास ले खान्छ 
अति धेरै पैसा चामलले तान्छ ।

ए साच्ची तलब आएको दिन,
मेरो कोठाको कराई पनि रमाउँछ 
उसले तेलको स्वाद पाउँछ 
गनेर सिर्फ ६ छाक.. !

त्यसपछि त उही
आलु उसिनिन्छ 
उही साग तताईन्छ तातो पानीमा 
संगै उसिनिन्छन हरेक दिन कैयौं सपनाहरु 
यसरी नै कोठा भित्र , 
महिना मर्छ अनि फेरी घरबेटी कराउँछ यसरी नै …।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker