गण्डकीसमाचार

पत्रकार राजकुमार घिमिरे पुनः गिरफ्तार

[mashshare]

पोखरा ।
पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । पोखरा उच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएको तर प्रहरीले अदालतकै गेटबाट पुनः गिरफ्तार गरेको हो ।

संचारकेन्द्र डटकमका पोखरा संवाददाता घिमिरेलाई समाचार संकलनको क्रममा प्रहरीले पोखरा मातपोत कार्यालय नजिकबाट गिरफ्तार गरेको थियो । प्रहरीले बिना कारण गिरफ्तार गरेर घिमिरेलाई गैरन्यायीक रुपमा बन्दी बनाइएको भन्दै आफन्तले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

अहिले पत्रकार घिमिरेलाई वडा प्रहरी कार्यालय रामबजार चौकी राखिएको छ ।

नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाहरुले दुःख दिने उद्देश्यले पत्रकार घिमिरेलाई गिरफ्तार गरिएको भन्दै आत्तिजनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker