मनाेरञ्जन

यस्तो बन्यो ‘प्रेम संसार’ को ट्रेलर (भिडियो )

[mashshare]

मंसिर २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको राम गौतम निर्देशित प्रेमकथामा निर्माण भएको चलचित्र ‘प्रेम संसार’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमार्फत् चलचित्रको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । नव-अभिनेता प्रेम सोनी र नव-अभिनेत्री आयुष्मा कार्कीको प्रेममा आउने उतारचढाव चलचित्र केन्द्रित छ । ट्रेलरमा दुईको प्रेम र विछोड देखाइएको छ ।

चलचित्रमा प्रेम र आयुष्मासँगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् । भने, उनी चलचित्रका निर्माता पनि हुन् । दिपेन बस्न्यातले चलचित्र खिचेका हुन् ।

विवि अनुरागी र अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई प्रेम बहादुर सुनारले निर्माण गरेका हुन् । यसमा शंखर महर्जनको एक्सन छ । अभिनेता प्रेमले चलचित्र राम्रो बनेका बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरेका छन् । प्रेम गर्ने जोडीको कथामा चलचित्र बनेको उनको भनाई छ । अभिनेत्री आयुष्मा चलचित्रलाई लिएर आफू उत्साहित रहेको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker