राजनीति

नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल गरेनः शेरबहादुर देउवा

[mashshare]

 बिराटनगर
 नेपाली कांग्रेस सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप लगाएका छन् | भारतले पाकिस्तान जस्तै व्यवहार नेपाललाई गरेको बताएका छन् | 

नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता नेपालको भए पनि भारतले नक्सामा राखेर  पाकिस्तानलाई जस्तै व्यवहार देखाएको देउवाको भनाई छ | विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने ‘भारतले पहिले काश्मीरको नक्सा छाप्यो अनि नेपालको भूमि समेटेर छाप्यो। यसले पाकिस्तान र नेपाल उस्तैउस्तै बराबर हो भन्ने भारतको व्यवहारले देखाउँछ।’

नेपालको भूमि मेटेर किन भारतले राजनीतिक नक्सा छापेको भन्दै उनले प्रश्न गरे | नेपाली भूमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल नगरेको देउवाको आरोप छ | ‘सर्वदलीय बैठकमा सरकारलाई सीमा विवाद हल गर्न भनेका थियौं, सरकारले अहिलेसम्म पहल नगरेको बताए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker