मुख्य समाचार

सरकार र निजी मेडिकल कलेजबीच अतिरिक्त शुल्क फिर्ता गर्न दुई बुँदे सहमति

[mashshare]

काठमाडाैं । 
सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे ठगी मुद्दामा कारवाही गर्ने चेतावनी दिएपछि मेडिकल कलेज सञ्चालकहरुले सरकारको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकमा सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएकाे हाे । सहमतिअनुसार मेडिकल कजेजले आज (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।

शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समयभित्र शुल्क फिर्ता नभएपछि गृहमन्त्रलयले मेडिकल कलेजलाई पक्राउ गर्ने निर्णय गरेको थियो।

This image has an empty alt attribute; its file name is chikitsa-siksha.jpg

सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा आज बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् भने ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय लिने बताइएकाे छ ।

०७६/०७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने सहमतिपत्रमा उल्लखे छ । त्यस्तै, ०७७/०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने सहमति गरिएको छ ।

सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क मंगलबारसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker