अन्तरर्वार्तासमाचार

भक्तपुरको समग्र बिकासको लागी समर्पित रहनेछुः डिपि ढकाल

[mashshare]

नेकपाका बुद्धिजीवी नेताको रुपमा परिचित  डिपी ढकाल विशेषगरी अर्थराजनीतिमा दख्खल राख्दछन्। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अर्थमन्त्री वर्षमान पुनका स्वकीय सचिवको रुपमा कार्यभार सम्हालेका ढकाल संविधानसभाको दोस्रो निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। 

ढकाल गत प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क)बाट तत्कालीन नेकपा माओवादी केन्द्रकातर्फबाट उम्मेदवार बनेका त थिए तर वामगठबन्धन अन्तर्गत पहिला नेकपा माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा तत्कालीन नेकपा एमालेकातर्फका हरिशरण लामिछानेले उम्मेदवारी दर्ता गरेपछि विवाद चरम सिमा सम्म पुगेको थियो ।

विवाद समाधान गर्ने क्रममा वामगठबन्धनले लामिछानेलाई आधिकारिक उम्मेदवार घोषणा गरी ढकालको उम्मेदवारी फिर्ता भएको घोषणा गर्‍यो। तर, निर्वाचन तालिकाअनुसार उम्मेदवारी फिर्ता लिने समय नाघिसकेको ढकालको उम्मेदवारी कायम रह्यो।

२०७५ बैसाक ३१ गते प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भए पश्चात यो क्षेत्रमा यहि मंसिर १४ गते उपनिर्वाचन हुंदैछ । आज  हामी यहि उपनिर्वाचनमा नेकपा का उमेद्वार डि पि ढकाल संग गरिएको कुराकानि तपाईमाझ राख्दैछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker