समाचार

सिरहामा अनौठो जनावर फेला : गाउँलेको घुइँचो

[mashshare]

महेश सिंह ,सिरहा ।
सिरहाको सुखीपुर नगरपालिकामा अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् ।

झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ । तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो ।

हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा नेता सरोज यादवले जानकारी गराउनुभयो । जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाएको यशलाई हामी समयमै बन्यजन्तु केन्द्रमा पठाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker