मुख्य समाचार

रंगशाला बनाउन धुर्मुशले शुरु गरे “रंगशाला ठेला”सुन्तलीले म:म बेच्ने

चितवन ।
निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि सहयोग जुटाउन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले विभिन्न उपायहरु अपनाइरहेका छन् । कहिले सांस्कृतिक कार्यक्रम त कहिले खुत्रुके अभियान संचालन गरेका धुर्मुसले हिजो (आइतबार) देखि रंगशाला निर्माणस्थल परिसरमा ठेलामा राखेर सुुन्तला, स्याउ, बदाम, केरा, पानी लगाएत बेच्न थालेका छन् । भने अर्को एउटा ठेला थपेर सुन्तलीले म:म बेच्ने तयारि गरिरहेकि छिन् ।

रंगशाला अवलोकन गर्न आउनेहरुलाई लक्षित गरेर उनले रंगशाला ठेला पसलमा संचालन गरेको जानकारी दिए । उनले रंगशाला हेर्नका लागि दैनिक १ हजार अवलोनकर्ता आउने गरेको धुर्मुसले बताए । उनले ठेला पसलबाट हुने सम्पूर्ण आम्दानी रंगशाला निर्माणमा खर्च गरिने जानकारी दिए ।

अवलोकन कर्ताबाट लिइने २० रुपैंया शुल्क र ठेलाबाट हुने आम्दानीबाट केही श्रमिकको ज्याला पुराउने योजना रहेको उनको भनाई छ । उनले सामाजिक संजाल मा लेखेका छन् – सेवा गर्ने मौका दिनुहोला…रङशाला ठेला पसल आज देखि औपचारिक रुपमा रङशाला निर्माण स्थल अगाडी शुरुवात गरेका छौ। यसबाट हुने नाफा सबै रङशाला निर्माण अभियानका लागि हुने जानकारि गराउछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker