Uncategorized

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ प्रतिलिटर मुल्य ?

काठमाडौँ |
मंगलबार देखि  पेट्रोलियम पदार्थको मूल्य बढेको छ | राति १२ बजे देखि लागु हुने गरी  डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि भएको हो | 

 नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य बढाइएको  हो | निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको छ |  

यसअघि गत मङ्सिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो | यो संगै डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker