समाचार

तुलसीपुरमा पिक अप दुर्घटना, १को मृत्यु ५ घाईते

भरतमणी रेग्मी/तुलसीपुर ।
दाङ तुलसीपुर देखि सल्यान फलाबाङ जाँदै गरेको चन्द्र सूर्य यातायात प्रा.ली. को रा.१ ज. ८२२ नम्बरको पिकअप आज दुर्घटना भएको छ ।

तुलसिपुर उ.म.न.पा. वडा न. ३ हर्नेटीमा दुर्घटना हुदा अन्दाजी २५ बर्षकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।एक बच्चा सहित ५ जना घाईते भएका छ्न भने चालक फरार भएका छ्न ।

घाईते लाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल दाङमा पठाईएको घटनास्थलमा रहेका नेपाल प्रहरीका स.ई. दिपेन सापकोटाले जानकारी दिनुभएको छ । मृतक तथा घाईतेको पहिचान हुन सकेको छैन ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker