समाचार

सङ्घीय संसदको पाँचौ तथा हिउँदे अधिवेशन आधाघण्टा ढिला शुरु

काठमाडौं ।
सङ्घीय संसदको पाँचौ तथा हिउँदे अधिवेशन आधाघण्टा ढिला शुरु भएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न ४ः०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको थियो तर ४ः३० बजे मात्र बैठक शुरु भएको छ ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नुहुने छ । संविधानको धारा ९१ (४) को व्यवस्था अनुसारसभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्नुहुने छ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

भिडियो हर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker