आइडियाकृषी

प्रतिकेजी १५०० पर्ने मरिच उत्पादन गर्ने सजिलो तरिका

[mashshare]

मरिच प्राय सबै नेपालीको भान्सामा अनिवार्य रुपमा हुन्छ । हरेक मसलामा प्रयोग गरिने मरिच नेपालमै भने अझै आवश्यक मात्रामा उत्पादन गर्न सकिएको छैन । गत आर्थिक बर्षमा मात्रै १ अर्ब ४९ करोड रुपैयाँ बराबरको मरिच नेपाल आयात गरिएको थियो ।
यसको आयात अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
अब हामीले मसला जन्य बस्तुमा सबैभन्दा महङ्गो मरिच खेती गर्नतिर लागेमा पनि ,हाम्रो आर्थिक स्थिति उकासिने छ भने बिदेशीने युवाहरु कम हुनेछन।
हाम्रो नेपालमा पैसा हुनेहरुले कृषिमा लगानी नलगाएको कारणलेनै कृषिमा प्रसस्त सम्भावना हुदाहुदै पनि हामीले सम्पूर्ण कृषी जन्य बस्तुहरु भारतबाट आयात गर्नु परेको छ ।
कृषिमा हरेक सम्भावना भएको हाम्रो जमिनमा मरिच खेती पनि एक अत्यन्त सम्भावना भएको खेती हो ।

मरिच एक प्रकारको मसलाजन्य खाद्य पदार्थ हो । समुद्री सतहदेखि दुई हजार मिटरको उचाईसम्म मरिच खेति गर्न सकिन्छ । मरिचका बिरुवा रोप्दा विरुवा र लाइनबिचको दुरुी २.५ मि. राख्नुपर्ने हुन्छ । विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न समय समयमा काँटछाँट गरिरहनुपर्छ । विरुवा १ मि लामो भएपछि फेदको पातहरु हटाउनु पर्दछ ।
विरुवमा मरिचको दाना पहेंलिएर एउटा झुप्पामा १ वा २ दाना रातो भइसकेपछि टिपेर, सुकाएर दान छुट्याउनुपर्छ । सुरुमा मरिचको दानालाई सुख्खा ठाउँमा सुकाएपछि मात्रै घाममा सुकाउनुपर्छ । घामा सुकाईसकेपछि मरिचको दाना कालो भएपछि भण्डारण गर्न सकिन्छ ।

तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्मको समयमा मरिच टिप्नको लागि उपयुक्त समय मानिन्छ । राम्रोसंग हेर विचार गरेमा प्रतिहेक्टर २ सय ७५ देखि 3 सय कीलो सम्म मरिच उत्पादन गर्न सकिन्छ ।

मरिच रोपेको तेश्रो वर्ष पछि विरुवाहरुमा फल लाग्न थाल्छ । एउटा मरिचको बोटबाट ४ देखि ६ किलोसम्म मरिच उत्पादन गर्न सकिन्छ ।
भियतनाम विश्वकै सबैभन्दा धेरै मरिच उत्पादन तथा निर्यात गर्ने देश हो । भियतनाममा उत्पादीत मरिचले विश्व बजारको ३४ प्रतिशत हिस्सा ओगट्छ । नेपालमा मोरङ, सूनसरी, झापा, रामेछाप र लमजुङका केही स्थानमा मरिच खेति गरेको पाइन्छ । वर्षेनि असार देखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन ।

विभिन्न प्रजातीमा पाईने मरिचको बजार मूल्य औसत १ हजार रुपैया भन्दा बढी प्रति किलो रहेको छ ।

मरिचलाई रुघा तथा खोकीको औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । दम, ज्वरो तथा अपचारको औषधीको रुपमा पनि मरिच प्रयोग गर्न सकिन्छ ।

लहरेबाली मरिचका लागि बोक्रा खस्रो हुने आँप, कल्कि, चिलाउने, फलेदो, साल, कटुसलगायतका बोटको आवश्यकता पर्छ । फेदमा लगाएको मरिचले फल दिने र रुख हुर्केपछि काठ बिक्री हुने हुँदा दोहोरो फाइदा लिन सकिन्छ। बिरुवा लगाएको पाँच बर्षको अवधिमा फल्न सुरु गर्ने मरिचले लगातार ३० वर्षसम्म उत्पादन दिने गर्दछ ।

मरिचको लागि उचित र सन्तुलित मात्रामा मलखाद प्रयोग गर्नुपर्छ जसले दिगो समयसम्म बिरुवाको वृद्धि, बिकास र उत्पादन कायम राखोस् । मरिचलाई १०० ग्राम नाइट्रोजन, ४० गा्रम फस्फोरस, ४० ग्राम पोटास प्रतिबोट प्रतिबर्ष राख्न सिफरिस गरिएको छ । मलखाद प्रयोग गर्दा उपयुक्त मलको स्रोत, मात्रा, समय र ठाउँमा हाल्नुपर्छ । रोपेको पहिलो बर्ष एक तिहाइ, दूई बर्षे बिरुवाको लागि दूई तिहाई र तेस्रो बर्ष पुरै सिफारिसअनुसार मल हाल्नुपर्छ । मल हाल्दा फेदबाट ३० से मि टाढा, १५ से मि गहिरो कुलेसोमा हाल्नुपर्छ । कम्पोष्ट मल १० के जी प्रतिबोटको दरले हाल्नुपर्छ ।

चिस्यानबिना मरिच बाँच्न नसक्ने भएकाले यदि सुख्खा मौसम छ भने २ ३ हप्तामा एक चोटि सिचाँइ दिनुपर्छ । चिस्यानको लागि र चिस्यान जोगाइराख्न मल्चिङ गर्न सकिन्छ ।

निकासको राम्रो व्यवस्था भएको, केही भिरालो, हलुका चिम्ट्याइलो वा बलौटे माटो उपयुक्त हुन्छ । पि एच मान ४.५–६ सम्म भएको पूर्वी मोहडा भएको जमिन मरिचको लागि उपयुक्त हुन्छ ।

मरिच न्यानो, आद्रता , हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशिय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको खेती गर्न सकिन्छ । समुद्री सतहदेखि २०० मिटर सम्म खेती गर्न सनिे यो वालीलाई २००० देखि ३००० मिमि पानी चाहिन्छ भने सापेक्षित आद्रता ६०–९५ % उपयुक्त हुन्छ । मरिच बृद्धिको लागि २३–३५ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ । यसले १० डिग्री सेल्सियस भन्दा कम तापक्रम सहन सक्दैन । मरिचलाई लामो वा छोटो दिनले फरक पार्दैन।

साधारणतया १०० के जी हरियो मरिचको २६–३९ के जी सम्म सुकेको मरिच प्राप्त हुन्छ । प्रतीहेक्टर जमिनमा 275 देखी 300 केजि सम्म मरिच फलाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker