हेडलाईन

अमेरिकी राष्ट्रपती ट्रम्प र रुसी राष्ट्रपती पुटिन नेपाल आउनेः युरेनियममा चासो

काठमाडौं
सरकारले शक्तिशाली देशका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने पहल थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि संयुक्त राज्य अमेरिका र रुसका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणमा ल्याउने गरी सरकारले पहल थालेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्तो दिएको खुलासा गरेका छन् । ट्रम्प र पुटिनलाई नेपाल ल्याउन सरकारले कुटीतिक पहल थालिसकेको उनको खुलासा थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएलगत्तै नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई वासिङटनमा निम्तो गरी भेटवार्ता गरिसकेका छन् । अमेरिकाको नेपालमा चासो बढिसकेको छ ।

नेपालाम युरेनियम ठुलो मात्रामा रहेको तथ्य बाहिर आएपछि पुटिन र ट्रम्प दुवैलो यो विषयमा चासो राखेको स्रोतले बताएको छ ।

रुससँग नेपालको लामो कुटनीतिक सम्बन्ध रहेपनि उच्च तहमा भ्रमण नभएको दशकौं भइसकेको छ । यस अवस्थामा विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति पुटिनको भ्रमणको चासोले नेपालको कुटनैतीक हैसियत माथी जानुको संगै विकासको गति पनि बढ्ने बिश्लेशक को भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker