मनाेरञ्जन

गायक रामकृष्ण ढकालले डिभोर्सबारे लेखे यस्तो स्टाटसःहाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन !

[mashshare]

काठमाडौँ ।
चर्चित गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत श्रीमतीसँग आफ्नो सम्बन्धबिच्छेद भएको विषयको खण्डन गरेका छन् | उनले  श्रीमती निलमलाई आफ्नो प्रेरणा भएको उल्लेख गर्दै  सम्बन्धमा कुनै चिसो आएको बताएका हुन् |

बुधबार जिल्ला अदालत काठमाडौँबाट उनको सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै खण्डन गरेका हुन् | उनले सामाजिक सञ्जालमा भनेका छन्,‘आज म जे छु त्यो सबै तपाइँ सम्पूर्ण दर्शक–श्रोताका कारण छु तर नेपाली गीत संगीत क्षेत्रमा मलाइ अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्,’ 

व्यक्तिगत बिषय प्रति टिप्पणी भएको भन्दै उनले आपत्ति जनाएका छन् | उनले आफू र श्रीमती निलमलाई जोडेर आएको समाचारप्रति असहमति जनाएका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker