मुख्य समाचारमौसम

आज देशभरको तापक्रम माइनसमा, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल

काठमाडौँ ।
उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । 

काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको समयमा काठमाडौँको तापक्रम ३ डिग्री सेल्सियसमा उक्लिएको छ । घाम लाग्दै गरेकोले क्रमश तापक्रम बढ्दै जान्छ । 

पश्चिम तराईका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बनाएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । 

उपत्यकामा मात्र नभई देशका अन्य भू-भागमा पनि चिसो बढेको छ, मौषम मापन केन्द्रहरुले दिएको जानकारी अनुसार जिरी र जुम्लाको तापक्रम ऋणात्मक रहेको छ । जुम्लाको न्युनतम तापक्रम माइनस ७ डिग्री पुगेको छ । त्यस्तै जिरीको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस पुगेको छ । 

त्यस्तै अन्य भू-भागको न्युनतम तापक्रम निम्न अवस्थामा रहेका छन्: 

१. दिपायल – ३.५ डिग्री सेल्सियस 

२. डडेलधुरा – १.७ डिग्री सेल्सियस 

३. धनगडी – ८.२ डिग्री सेल्सियस 

४. बिरेन्द्रनगर – २.० डिग्री सेल्सियस 

५. नेपालगंज – ८.५ डिग्री सेल्सियस 

६. पोखरा – ६.० डिग्री सेल्सियस 

७. भैरहवा – १०.६ डिग्री सेल्सियस 

८. सिमरा – १०.० डिग्री सेल्सियस 

९. ओखलढुंगा – ३.५ डिग्री सेल्सियस 

१०. ताप्लेजुङ – ४.४ डिग्री सेल्सियस 

११. धनकुटा – ५.९ डिग्री सेल्सियस 

१२. बिराटनगर – ७.८ डिग्री सेल्सियस 

१३. लुम्ले – २.५ डिग्री सेल्सियस 

१४. जनकपुर – १०.२ डिग्री सेल्सियस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker