समाचारसूचना प्रबिधि

सूचना प्रविधि विधेयक पारित:अब सामाजिक सञ्‍जाल समेत दर्ता गर्नुपर्ने,यस्ता छन् प्रावधानहरु

 काठमाडौं | 
सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कांग्रेसको बिरोधका बिच संघीय संसदको विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको छ | आइतबार संघीय संसद सचिवालयको विकास तथा प्रविधि समितिको सभाकक्षमा बसेको बैठकले उक्त बिधेयक पारित गरेको हो |

पटक-पटक नेपाली कांग्रेसले उक्त विध्येयकको दफा ८८, ९१, ९२, ९३ र ९४ मा असन्तुष्टि जनाउदै आएको थियो | समितिबाट पारित भए संगै अब यो विधेयक प्रतिनिधि सभामा छलफल छुनेछ | उक्त दफामा सामाजिक संजाल सँग सम्बन्धित अपराधको सजाए र व्याख्या गरेको छ |

दफा  ८८ मा सामाजिक सञ्‍जाल दुरुपयोग गर्न नहुने र दफा ९१ मा सामाजिक सञ्‍जाल दर्ता गर्नुपर्ने व्यवस्था राखेको छ | भने विधेयकको दफा १२ उल्लंघन गरेमा पाँच लाख रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय भोग्‍नुपर्ने प्रावधान राखेको छ |

जुन दफामा साइबर आतंक सम्बन्धि व्यवस्था पनि राखेको छ | त्यसको परिभाषा भने सहि छैन | जसले गर्दा जनताको अभिव्यक्ति स्वतन्त्रता समेत कुण्ठित हुने कांग्रेसले बताउँदै आएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker