मनाेरञ्जन

दशौं ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै आयोजना हुने

[mashshare]

जिवन कुमार पराजुली /काठमाडौं ।
दशौं ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै आयोजना हुने भएको छ । यसअघि यो फिल्म अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको दशौं संस्करण भने काठमाडौंको मुटु टुँडिखेलमा हुन लागेको हो । सोमबार राजधानीमा एक कार्यक्रमका बीच अवार्डको बारेमा जानकारी गराइयो ।

आउँदो चैत १५ गतेलाई अवार्ड आयोजना हुने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ अभियानलाई सघाउनका लागि ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै आयोजना गर्न लागिएको उनको भनाई छ । प्राविधिक संघले ‘ड्रिम हाई नेपाल’ सँगको सहकार्यमा अवार्ड गर्न लागेको हो । अवार्ड ३२ विधामा प्रदान गरिनेछ ।

‘ड्रिम हाई नेपाल’ का प्रमुख कमल जीसीले अवार्ड कार्यक्रममा पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिने जानकारी दिए । नेफ्टा अवार्डको ब्रान्ड र विश्वसनियतालाई मध्यनजर गर्दै सहकार्य गरेको उनले बताए । ‘नेफ्टा फिल्म अवार्ड’ लाई सभ्य र भब्य बनाउन कुनै कसर बाँकी नराख्ने उनको दाबी छ ।

अवार्डको घोषणा कार्यक्रममा अभिनेता द्वय राजेश हमाल र भुवन केसीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । राजेश र भुवनले नेपाली चलचित्रमा प्राविधिकहरुले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे । त्यस्तै, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले गरेका राम्रा कुराहरुलाई पर्दामा उतार्न फिल्मकर्मीलाई अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker