अन्तर्राष्ट्रियमुख्य समाचार

आफूबिरुद्ध अमेरिकाले फेरी आक्रमण गरे तेस्रो विश्वयुद्ध हुन्छ : इरान

[mashshare]

एजेन्सी | 
इरानका सेना कमान्डर जनरल कासिम सुलेमानीमाथि अमेरिकाले हवाई आक्रमण गरेर मारेपछि दुई देशबिच तनाब बढ्दै गएको छ | त्यसको जवाफमा इरानले इराक स्थित अमेरिकी सैन्य हवाई आधारमा दर्जनौ मिसाइल आक्रमण गरेको छ |

उक्त आक्रमण पछि अमेरिकाले जवाफी कारबाही गर्ने आशंका गरिएको छ | तर यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकनले गरेको आक्रमणप्रति समिक्षा भइरहेको प्रतिक्रिया दिएका छन् | इरानले आफूबिरुद्ध अमेरिकाले आक्रमण गरे अमेरिकाको नजिकका मित्र देश इजरायल र दुबईमा बमबारी हान्ने चेतावनी दिएको छ |

त्यस्तै इरानी सैन्य दस्ता रिभोलुसनरी गार्डले एक बक्तव्य जारी गर्दै आफूमाथि आक्रमण भए अमेरिका र उसका मित्रशक्तिले निकै पछुताउनु पर्ने चुनौती दिएका हुन् | इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार मिसाइल आक्रमणपछि इरानले कैयौं लडाकू विमान परिचालन गरेर आफ्नो हवाई आकास निगरानी गरिरहेको छ |

इरानले पछिल्लो मिसाइल आक्रमणलाई ‘सहिद सुलेमानी’ नाम दिएको छ भने,आक्रमणलाई रिभोलुसनरी गार्डभित्रको वायुसेनाले कार्यान्वयन गरेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker