अन्तर्राष्ट्रियअर्थ खबर

अमेरिका – इरान हमलापछि कच्चा तेलको मूल्यमा वृद्धि

[mashshare]

इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ।

एशियाली कारोबारको मध्यमा ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा १.४% ले वृद्धि भइ प्रति ब्यारेल ६९.२१ डलर पुगेको छ।

सुन तथा जापानी मुद्रा येन जस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्यपनि हमलाको समाचारपछि बढेको छ।

तर मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी शेअर मूल्यमा भने कमी देखिएको छ।

जापानको बेञ्चमार्क निक्केई २२५ स्टकको सूचकांक १.३% ले घटेको छ भने हंगकंगमा हांगसेंग ०.८ प्रतिशतले खस्केको छ।

इरानको सरकारी टेलिभिजनले भनेको छ देशका एकजना वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा ती हमलाहरू गरिएका हुन्।

गत शुक्रवार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मंगलवार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका हुन्। बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker