पत्रपत्रिकासमाचार

भजन र पार्टी पत्रकारिताबाट माथि उठ्न मन्त्री बाँस्कोटाको आग्रह

काठमाडौँ। 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भजन, मिसन र पार्टी पत्रकारिताबाट माथि उठेर समृद्ध नेपालको अभियानमा जुट्न पत्रकारिता क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघको भक्तपुर शाखाको २३ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, ‘म पनि लामो समयसम्म पत्रकारिता गरेको व्यक्ति भएकाले पत्रकारको समस्या मैले राम्रोसँग बुझेको छु ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker