मुख्य समाचारमौसम

आज देशभर वर्षा र बदली, उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना

काठमाडौँ ।
देशभरको मौसममा शुक्रबार सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी ,मध्य भूभाग र पुर्वी पहाडी भूभागमा अहिले पनि सामान्य देखि पूर्णतया बदली रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली भएको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker