रोचकसमाचार

१० रुपैयाँमा पेटभर खाना

[mashshare]

रासस ।
१० रुपैयाँमा पेटभर मा खाना, त्यो पनि आजको महँगो समयमा ! असम्भव लाग्ने काम सम्भव गराएका छन् नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । ‘बालाजीका भक्त’ अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ भएपछि कात्तिकदेखि १० रुपैयाँमै खाना खुवाउने ‘पुण्य’ काम गर्दै आएका छन् ।

सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर १० रुपैयाँमै एक छाक खाना खुवाउने गरिएको छ । पाँच सय जनासम्म सर्वसाधारण खाना खान त्यहाँ पुग्छन् । ‘आफूले कमाएको पैसाबाट महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाको गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान त्यहाँ पुग्छन् । खानामा भात, दालका साथै मिठाइ पनि दिइन्छ’ अग्रवालले भने ।

उनान्सत्तरी वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन् । उनले २०५० देखि रामदूत स्टेसनरी सञ्चालन गर्दै आएका थिए । लामो समयसम्म व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । ‘छोराहरु व्यवसायमै छन्, म पुण्यको कामतिर लाग्छु भनेर यो काम सुरु गरेको हुँ’– उनले भने ।

उाले सुरु गरेको यो काममा नेपालगञ्जका व्यवसायी सञ्जय अग्रवाल, विजय गुप्ता, रञ्जित लखेर र सञ्जित ज्वेलर्सको साथ रहेको छ । सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने योजना अग्रवालले बनाएका छन् । ‘यो पुण्य काममा सबैको साथ पक्कै रहन्छ,’ अग्रवालले भने– ‘यस कामलाई बाँचुन्जेल निरन्तरता दिनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker