अन्तर्राष्ट्रियहेडलाईन
अष्ट्रेलियामा डढेलो कायमै :अग्नि नियन्त्रक विमान दुर्घटना हुँदा तीनको मृत्यु

एजेन्सी ।
केहि समय अघि अष्ट्रेलियामा लागेको डढेलोले निकै भयावह रुप लिएको थियो | अझै आगलागी भने कायमै रहेको छ | डढेलो नियन्त्रणमा लिनेक्रममा एक विमान दुर्घटना भएको छ | उक्त दुर्घटनामा तिन जनाको मृत्यु भएको छ |
बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराएको उक्त विशाल हवाई ट्यान्कर खोजिगर्नेक्रममा दुर्घटना ग्रस्त अवस्थामा फेला पारेको हो | जहाज हिउयुक्त पहाडमा ठोक्किएको नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जानकारी दिए |
नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताएको थियो | जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको भने पुष्टि नभएको जनाइएको छ |