आइडिया

सरकारले तोकेकै लागतमा विदेश जान के गर्ने ? यी उपाए हेर्नुहोस्

काठमाडौँ | 
के तपाई वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? छ भने एक पटक यी कुराहरुमा ध्यान दिनुहोला जसले गर्दा तपाई ठगीमा पर्नबाट जोगिन सक्नुहुन्छ | 

विदेश जानुपूर्व आवश्यक सूचनाको अभावमा विदेश जान नपाउंदै नेपाली युवाहरु देशभित्र नै ठगिने गरेका छन् | रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ भने राम्रोसंग बुझेर मात्र जानुपर्छ | 

विदेश पठाई दिन्छु भन्दै म्यानपावरहरुले राम्रो कामको प्रलोभन देखाएर तपाईसंग चर्को रकम असुली गरिरहेका त छैनन् ? वा एजेन्टले म्यानपावरमा लगिदिन्छु भन्दै तपाइलाई प्रलोभनमा पार्दै त छैन | सावधान …सरकारले हाल एजेन्ट व्यवस्था खारेज गरिसकेको छ तसर्थ एजेन्टबाट कुनैपनि कारोबार गर्नु गैरकानुनी हो | 

म कुन देश जाँदै छु,काम के हो ? भनेर सर्वप्रथम तपाइले राम्रोसंग ख्याल राखु जरुरी छ | कुनै विषयमा शंका लागेमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्नुपर्छ | विदेशमा पाइने काम र तलबको बारेमा जान्न म्यानपावरको मात्रै भर पर्नु पर्छ भन्ने छैन | वैदेशिक रोजगार विभागको वेवसाइटwww.dofe.gov.np  मा गएर जानकारी पाउन सकिन्छ | 

उक्त वेवसाइटमा गएर बैदेशिक रोजगारीमा जानको लागि आफूलाई राम्रो लागेको कामका लागि आवेदन दिन सकिन्छ | भने अन्तर्वार्ताका लागि मात्रै म्यानपावर जाँदा हुन्छ | सबैभन्दा पहिले तपाइँले कुन म्यानपावर संस्थाबाट विदेश जाँदैहुनुहुन्छ, त्यो म्यानपावर कालोसूचीमा त परेको छैन ? विभागबाट इजाजत प्राप्त हो वा होइन ? भन्ने कुरामा राम्रोसंग हेक्का राख्नुपर्छ | यसका लागि विभागको वेवसाइटमा गएर चेक गर्न सकिन्छ |  

अबदेखि सुरुमै म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनु आवश्यक छैन | वैदेशिक रोजगार विभागले श्रमिक छनोट प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था गरेको छ | अनलाइन आवेदन दिँदा पासपोर्ट नम्बर राखे हुन्छ | त्यसपछि छनोट भएपछि मात्र भिसा प्रक्रियाका लागि म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनुहोस् |

पैसा बुझाउनु पुर्व श्रम स्वीकृति भएको छ कि छैन ? भनेर राम्रो संग चेक गर्नुहोस | श्रम स्वीकृति लिनका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ | आर्थिक कारोबार गर्दा वैदेशिक रोजगारीमा जानका लागि दिएको भन्ने प्रयोजन खुलाउनुहोस | म्यानपावरले लागत बढी मागेमा विभागमा उजुरी गर्न सकिन्छ |

श्रम स्वीकृति भईसकेपछि इमेलमार्फत श्रम स्टिकर पाइन्छ भने म्यासेजमार्फत मोवाइलमै जानकारी आउँछ त्यसकारण आफ्नो मोबाइलमा म्यासेज आयो कि आएन भनेर चेक गर्नुहोस | 

वैदेशिक रोजगारी सम्बन्धी तपाईका कुनै उजुरी र गुनासो छ भने, श्रम मन्त्रालयको कल सेन्टर १६६००१५०००५ मा र विभागको टोल फ्री नम्बर १६६००१०९९९९ मा फोन गरेर टिपाउन सकिन्छ | 

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker