प्रदेश नं. ३हेडलाईन

सरकारी एम्बुलेन्स बाट गाँजा तस्करि : सांढे ३० किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

[mashshare]

  हेटौंडा  
शनिबार साँझ हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ | वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त गाँजा नियन्त्रमा लिइएको हो |

उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको पाइएको छ | चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया-४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी पक्राउ परेका छन् |

उनीहरुले मकवानपुरबाट एम्बुलेन्समा गाँजा  ओसार्ने गरेको खुलेको छ | प्रहरीका अनुसार एम्बुलेन्स भित्र तीन वटा झोलामा ६ पोका पारेर राखेको गाँजा सहित ९१ हजार रूपैयाँ फेला पारेको हो | एम्बुलेन्स र नियन्त्रमा लीइएकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker