साहित्य

बङगलादेशमा अन्तरराष्ट्रिय कवि सम्मेलन सम्पन्न ।

[mashshare]

ढाका
बङगलादेशका प्रथम राष्ट्रपति शेख मजिबुर रहमानको शताब्दी वर्ष २०२०को अवसरमा जातिय कविता उत्सव २०२० ले ढाका विश्वविद्यालयमा र यो पार त्यो पार बङगाला कवि दलले बगुरामा अन्तरराष्ट्रिय कवि सम्मलन सम्पन्न गरेका छन । ढाकामा आयोजना भएको पुस्तक मेलाको उद्घाटन गर्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बई मेला तथा जातिय कविता उत्सव २०२० को सफलताको सुभकामना प्रकट गर्नु भयो ।

शेख मजिबुर हाम्रो स्वाधिनताको काव्य गोष्ठिलाई सम्बोधन गर्दै नेपालका बरिष्ठ कवि तुलसी दिवसले कविता मानव हृदयको समेदनाको गहिराइलाई छुने जीवन र जगतको सुमधुर संगीत हो । कविताको शक्तिको प्रतिविम्ब मान्छेको मुहारमा खोजिनु पर्छ । कवि दिवसले आफ्ना कविता चासीस भाषामा अनुवाद भएको समेत बताउनु भयो । बई मेला तथा जातिय कविता उत्सव २०२०मा नेपालका तर्फबाट कवि दिवास, राइटर इनटरोशनलका उपाध्यक्ष राजेन्द्र गुरागाई,नेपाली लेखक संघका केन्द्रिय सदस्य नारायण सापकोटा सहित भारत, सुईडेन, स्पेन, उज्वेकिस्थान लगायत देशका विशिष्ठ कविहरुको सहभागीता रहेको थियो ।

यो पार त्यो पार वंगला कविदलले फेब्रुवरी १ मा बगुरामा आयोजना गरेको अन्तराष्ट्रिय कवि सम्मेलनमा नेपाल भारत वंगलादेशका कविहरुको सहभागिता रहेको थियो । भारतका कवि राजु घाटी, वंगलादेशका कवि शैयद रुखशाना जामान सानु, नेपापलका तर्फृबाट राइटर इन्टरनेशनलका उपाध्यक्ष राजेन्द्र गुरागाईं र नेपाली लेखक संघका नारायण सापकोटा लगायतले बेलुन उडाएर कार्यक्रमको कवि सम्मेलनको शुभारम्भ गर्नुभएको थियो । सम्मेलनमा तीनै राष्ट्रको राष्ट्रगान सहित झण्डोत्तोलन गरिएको थियो भने वंगलादेशका नेशनल केडेट कोरले सम्मान गारद अर्पण गरेको थियो । कवि सम्मेलनमा सम्बोधन गर्दै राइटर इन्टरनेशनलका उपाध्यक्ष राजेन्द्र गुरागाईंले वंगाली साहित्य सम्पन्न रहेको र कुनै दिन वंगाली साहित्यले नोबेल पुरस्कार प्राप्त गर्नसक्ने बताउनु भयो । नेपाली लेखक संघका केन्द्रीय सदस्य नारायण सापकोटाले नेपाल वंगलादेश भारत त्रिदेशीय कविसम्मेलनको सफलताको कामना गर्दै यो पार त्यो पार वंगला कवितालाई सफलतापूर्वक अन्तराष्ट्रिय कवि सम्मेलन आयोजना गरेकोमा बधाई ज्ञापन गर्नुभयो ।

यो पार त्यो पार वंगला कविदलको त्रिदेशीय कविसम्मेलनमा भारतका कवि राजु घाटीलगायत १६ जना विशिष्ट कविहरुकोे सहभागिता रहेको थियो । त्यस अवसरमा वंगलादेशका ४०० कविहरुको सहभागिता रहेको थियो । त्रिदेशीय कविगोष्ठी यो पार त्यो पार कविदलका अध्यक्ष नजरुल इश्लाम वंगालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker