साहित्य

कबिता : हृदयको डायरी

[mashshare]
यशु सापकोटा

यात्रा कहिले गर्छौ सङै तिमी भमरा अनि म फूल बनेर
अब त आँखा एकट्क छन तिम्रो झल्को दिने हरेक चिनारीमा
दिमागले सोचेर के हुन्छ र प्रिय् म त बसेकी छु हृदयको डाएरीमा

कल्पनामा बितेहेर ननिदाइ कति रातका एक- एक प्रहरहरु
अब त तिमी बग्दै पुग्छौ रगत सङै शरीरको हरेक किनारीमा
दिमागले सोचेर के हुन्छ र प्रिय् म त बसेकी छु हृदयको डाएरीमा

प्यारो लाग्छ लुकि लुकि भट्ने ती हरियाली जङ्गल सुनसान ठाउँ
अब त आउन थाल्यौ तिमी रात सङ सङै उज्यालो दिनारीमा
दिमागले सोचेर के हुन्छ र प्रिय् म त बसेकी छु हृदयको डायरीमा

भैगो भ्याउदैनौ तिमी तिम्रो त्यो सम्झशक्तिले प्रेमलाई जित्न
अब त तिमी शब्द बन्न थाल्यौ फूलको कहिले गित कहिले शायरीमा
दिमागले सोचेर के हुन्छ र प्रिय् म त बसेकी छु हृदयको डायरीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker