पत्रपत्रिकासमाचार

कोरोना भाइरस संक्रमण : नेपालीलाई ल्याउन अझै आलटाल, अनशन बस्ने अभिभावकको चेतावनी

[mashshare]

काठमाडौं । 
चीनको उहान सहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै आएपछि अभिभावकहरू राष्ट्रिय मानवअधिकार आयोग जाने भएका छन् । आफ्ना छोराछोरी र आफन्तलाई सरकारले ल्याउन अग्रसरता नदेखाएको भन्दै अभिभावकहरूले त्यसविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन् ।

सरकारले आश्वासन मात्रै दिएको भन्दै उनीहरू सरकारविरुद्ध आक्रामक भएका हुन् । अभिभावक विमला श्रेष्ठका अनुसार सरकारले झुटो आश्वासन दिएको भन्दै अब संगठित भएर मानवअधिकार आयोग जाने तयारी भएको छ । उनले भनिन्, ‘छोराछोरी नेपाल नल्याए अनशन बस्छौं । सरकार एक÷दुई दिनमै ल्याउने भन्छ, यो भनेको पनि धेरै भइसक्यो, सरकारप्रति निराशा जागिसक्यो । अब मानवअधिकारवादीलाई पनि भेट्छौं ।’

अभिभावकहरूले समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन् । अभिभावक कृष्णकुमारी भण्डारीले सरकार संवेदनशील नभएको बताइन् । उनले भनिन्, ‘सरकारसँग हारगुहार गरेका छौं । तर, सरकारले यही मितीमा ल्याउँदै छौं भनेर ठोस जवाफ दिँदैन । के गर्नु ?’

चीनमा रहेका नेपाली ल्याउन नेपाल सरकारले अझै तयारी पूरा गर्न सकेको छैन । नेपालीलाई ल्याउन क्वारेन्टाइन, आइसोलेसन आर्ड, आवश्यक प्रयोगशाला र आईसीयू वार्ड आवश्यक सबै चिज तयारी अवस्थामा हुनुपर्छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker