
धादिङ।
स्ववियु निर्वाचन नगराउने खेलमा सरकार लागेको नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले आरोप लगाएका छन् ।
नेपाली काँग्रेस धुनिबेसी नपा वडा नं ९ को कार्यालय उद्घाटन कार्यक्रम मा महामन्त्री तिमल्सिनाले स्ववियु निर्वाचन सम्बन्धि नेविसंघसँग कुनै सरसल्लाह तथा छलफल नै नगरि तालिका सार्वजनिक गरेको र आफुहरु चुनावको तिब्र तयारी मा लागीसकेको मा त्री बि र सरकार निर्वाचन भाँड्न लागेको आरोप लगाएका छन् ।
प्रस्तावित तालिका बमोजीम भोली ४ गते मतदाता नामावली प्रकाशन गर्नुपर्दथ्यो । निर्वाचन सम्बन्धी तालिकासमेत सामाजिक संजालमार्फत आफूहरुले जानकारी पाएता पनि सो लाइ स्विकार गरेको बताए।
यसैगरि निर्वाचन समितिमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रमुख रहने व्यवस्था भएता पनि शिक्षाध्यक्ष नियुक्त नगरी कोरा निर्वाचन तालिका सार्वजनिक भएको । यद्यपि नेविसंघ निर्वाचनको पक्षमा रहेको जानकारी गराउँदै तिमल्सेनाले स्ववियु निर्वाचनको सुनिश्चितता को माँग गर्दै तयारीमा लाग्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरे ।