गण्डकीराजनीति

मुख्यमन्त्रीले ‘कार्यकक्षमै मदिरा भोज’ दिएपछि आचोकको धुइरो, मुख्यमन्त्रीबाट बचाउ

[mashshare]

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ | जन्मदिनको अवसरमा मुख्यमन्त्रीले परिवार, आफन्त र शुभचिन्तकमाझ मदिरासहितको भोज गरेको भिडियोमा देखिएको छ |

उनले आफ्नो कार्यक्षमै मदिरा सहित भोज आयोजना गरेको भन्दै आलोचना भएइरहेको छ | भिडियोमा कोठाको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर र टेबलमा नेपालको राष्ट्रिय झण्डा पनि देखिएको छ | तर मुख्यमन्त्री रूङ सचिवालय उक्त जमघट कार्यालयमा नभएर मुख्यमन्त्रीको निवासमा भएको बताएको छ | मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर जमघट मुख्यमन्त्रीको निवासमा भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्मदिनसमेत रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो |

सो क्रममा खिचिएका भिडियो र फोटाहरूलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ । गुरुङ जातिको संस्कारअनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं । तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नका लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं ।’

तर भिडियोमा कोठाको भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर र टेबलमा नेपालको राष्ट्रिय झण्डा देखिएकाले आफ्नो कार्यक्षमै मदिरा सेवन गरेको भन्दै सामाजिक सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ | गण्डकी प्रदेश का मुख्यमन्त्री गुरुङ नेकपाका प्रदेश इन्चार्ज समेत हुन् |

हेनुहोस बिज्ञप्ति :

भिडियो हेर्न यो लिड्कमा जानुहोस्https://www.facebook.com/1822760731347392/videos/825311497988398/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker