
काठमाडौं |
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको मुद्दा खेपिरहेका पुर्वसभामुख कृष्णबहादुर महाराले सफाई पाएका छन् | उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो |
यस अघि जिल्ला अदालत काठमाडौँले बलात्कारले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो | महारा जिल्ला अदालत काठमाडौँको फैसला बिरुद्ध उच्च अदालत गएका थिए तर उच्च अदालतले पनि जिल्ला अदालतको थुनामा राख्ने निर्णय सदर गर्दै उच्च अदालतले महिना भित्र उक्त मुद्दा टुंगो लगाउन भनेको थियो |
महराले बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिएका थिए |